चाँगुनारायण नगरपालिकाको सबैभन्दा बढी आम्दानी सिफारिस दस्तुरबाट
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी आम्दानी सिफारिस दस्तुरवापतको शुल्क असुलीबाट गरेको छ ।
पुस २० गतेसम्मको तथ्यांकका आधारमा सिफारिस शुल्क बापत नगरपालिकाले एक करोड ७१ लाख ४२ हजार ६ सय ९५ राजश्व असुली गरेको छ ।
दोस्रो बढी राजश्व भने ब्यवसाय दर्ताबाट उठेको छ । त्यसबाट एक करोड २० लाख बढी असुली भएको छ । त्यसपछि नक्सा पासको दस्तुरबाट तेस्रो सर्वाधिक आय संकलन भएको छ । नक्सा पास दस्तुरबाट नगरपालिकाले एक करोड ११ लाख ७७ हजार चार सय २४ राजश्व उठाएको हो ।
नगरपालिकामा सर्वाधिक राजश्व वडानम्बर २ (दुवाकोट) बाट उठेको छ । त्यहाँबाट ६२ लाख ६२ हजार बढी प्राप्त भएको छ । यस्तै सबैभन्दा कम वडा नम्बर ३ (झौखेल) बाट २० लाख ७० हजार मात्र प्राप्त भएको समेत तथ्यांक छ।
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारितसमते गरेको छ । साथै,नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ । अधिवेशनको अर्को बैठक बिहीबार बस्ने प्रमुख प्रशासकिय अधिकृत हिरामणि सुवेदीले बताए ।