कर्णालीमा प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी

कर्णालीमा प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी

सुर्खेत: ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ कर्णालीमा प्रभावकारी बन्दै गएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले समुदाय प्रहरी साझेदारी अन्तरगत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेको बताए। 

यो कार्यक्रमबाट बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, दाईजो प्रथा, छाउपडी प्रथा, जातिय विभेद, आत्महत्या जस्ता सामाजिक विकृति र बिसंगतिहरु न्यूनीकरण गर्न कर्णालीमा निकै प्रभावकारी भएको श्रेष्ठले बताए। कर्णालीका १० जिल्लामा प्रहरीले स्थानीय स्तरसम्मै यो कार्यक्रमबाट सचेतना जोगाउने काम गर्दै आएको छ।

प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा स्थानीय नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो भएको उनले बताए। समाजमा प्रहरीसँगको विस्वास बढ्दै गएको पाइएको पनि उनले बताए। 

कालीकोटमा गाँउ, टोल, समाज, विद्यालय र विद्यार्थी लक्षित सडक सुरक्षा, लागुऔषध दुर्व्यसनी, बालविवाह, बहुविवाहह, घरेलु हिंसा, दाईजो प्रथा, छाउपडी प्रथा, जातिय विभेदविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.