सुदूरपश्चिमको सभामुखमा भण्डारी र रावलले गराए मनोनयन दर्ता

सुदूरपश्चिमको सभामुखमा भण्डारी र रावलले गराए मनोनयन दर्ता

धनगढी :सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि दुईजनाको मनोनयन दर्ता भएको छ। सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सभामुखमा मनोनयन दर्ता गराएका भण्डारी बझाङबाट र रावल अछामबाट  निर्वाचित सांसद हुन्।

सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन छ। सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका ११ र एमालेका १०,नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एकजना प्रदेशसभा सदस्य छन्।

नागरिक उन्मुक्तिले भने सभामुखमा  उम्मेदवार बनाएको छैन। 

५३ सदस्यीय प्रदेश सभामा सभामुख निर्वाचित हुनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ।

सभामुख चयनका लागि भोलि मतदान हुनेछ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.