ड्रागन खेती गरेर बाँझो बारीको सदूपयोग
![ड्रागन खेती गरेर बाँझो बारीको सदूपयोग](https://annapurnapost.prixacdn.net/media/albums/Dragan1_20230111163000_ENzJfN4B0v.jpg)
दोलखा: परम्परागत खेती गर्दै आइरहेका दोलखाका किसान अहिले व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित हुँदै आएका छन्।
बजारमा बढ्दो माग र जंगली जनावरबाट जोगाउन सकिने भएकाले ड्रागन फलको खेती थालेको बैतेश्वर गाउपालिका वडा नं ६ का मानबहादुर तमाङले बताए।
रातोमाटो भएको जग्गामा पानी नहुँदा १० वर्षदेखि बाँझो जमिनमा ड्रागन खेती थालिएको उनले बताए। भर्खरै थालिएको खेतीबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)