नमुना सहरमुनिको अँध्यारो बस्ती

नमुना सहरमुनिको अँध्यारो बस्ती

 बैतडी : बैतडीको पाटन नगरपालिका–६ स्थित सुकेलीमा रहेको भूमिराज मन्दिर र भगवती मन्दिरमा विद्युत् मिटर जडान भएको ५ वर्ष भयो। पोल पनि गाडियो, मिटरसमेत जडान गरियो तर ५ वर्षसम्म बिजुली भने पुगेन।

विद्युत् वितरण केन्द्रले केही समयमा विद्युत् पुगिहाल्ने आश्वासन दिएपछि २०७४ सालमै मिटरबक्स ल्याएर जडान गरिएको भूमिराज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण सिंह बिष्टले जानकारी दिए। ‘पोलहरू गाडेर ठिक्क पारिएको अवस्थामा केही समयमा विद्युत् पुगिहाल्छ भनेर मिटर जडान गरियो, तर पाँच वर्षभन्दा बढी भइसक्यो, बिजुली बलेन,’ उनले भने।

विद्युत् जडान नभए पनि विद्युत् वितरण केन्द्र पाटनले भने महसुल लिने गरेको छ। विद्युत् जडान नगरे पनि मिटर जडान भएदेखि हालसम्म महसुल लिने गरेको पाइएको छ। मिटर जडान भएदेखि नै महसुल लाग्नेभन्दै महसुल तिर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए।

२०७४ सालदेखि पटक–पटक विद्युत् जडानका लागि लिखित तथा मौखिक रूपमा विद्युत् वितरण केन्द्रलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयहरूको गुनासो रहेको छ। ‘विद्युत् जडान गर्न पटक–पटक निबेदन दिइयो, कुनै सुनुवाइ भएन,’ अर्का स्थानीय नमराज बिष्टले भने।

मन्दिरमा मात्रै होइन पाटन नगरपालिका–६ कै सुकेली गाउँमा रहेको दलित बस्तीमा पनि वाइरिङ गरेको एकवर्ष भयो बिजुली कहिले पुग्छ थाहा छैन। स्थानीहरूले घरमा वाइरिङ गरेको एक वर्षभन्दा बढी भइसकेको भए पनि बिजुली भने पुगेको छैन। घरअगाडि पोल गाडीएको र घरमा वाइरिङसमेत गरेको लक्ष्मण लुहारले बताए।

बेलाबेला वितरण केन्द्रसमक्ष आग्रह गर्दां कुनै सुनुवाइ नभएको लुहारले सुनाए। ‘घरनजिकैका टोलहरूमा झलमल्ल बिजुली बलिरहन्छ, हामी अन्धकारमा छौँ’, लक्ष्मणले भने। बिजुली केही दिनमा पुग्ने आश्वासन दिएपछि गत वर्ष वाइरिङ गरेको उनले बताए।

पाटन नमुना सहरका रूपमा विकसित हँुदै गरेको सहर हो। त,र नमुना सहर छेउमै रहेको दलित बस्तीहरू अन्धाकारमा बस्न बाध्य छन। नमुना सहरको क्षेत्रमा अन्धकारमा बस्न बाध्य भएको अर्का स्थानीय मदन लुहारले सुनाए। ‘घरनजिकैका बजार क्षेत्रमा करोडौंका योजनाहरू भइरहेका छन् हामीले भने बिजुली बाल्न पाइरहेका छैनौं, विद्युत् जडानको माग गर्दा पनि आनाकानी गर्छन्,’ लुहारले सुनाए।

तारलगायतका केही उपकरणको अभावमा विद्युत् जडान गर्न नसकिएको वितरण केन्द्र बैतडीले जनाएको छ। विद्युत् पूर्णरूपमा नपुगिकनै घरमा वाइरिङ र मिटर जडान गर्न नहुने विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताए। तर, वितरण केन्द्रले नै मिटर दिइसकेको थियो।

बैतडीको पाटन नगरपालिकामा झन्डै ९० प्रतिशत घरहरूमा बिजुली पुगिसकेको नगरपालिकाले जनाएको छ। केही टोलहरूमा बिजुली नपुगेको र पूर्ण विद्युतीकरणका लागि माथिल्लो निकायसँग पहल भइरहेको पाटन नगरपालिकाले जनाएको छ। ‘विद्युत् नपुगेका टोलहरूमा लाइन विस्तारका लागि विद्युत् वितरण केन्द्र बैतडी, क्षेत्रीय कार्यालय अत्तरीया र प्रदेश तथा संघीय सरकारसँग समन्वय भइरहेको छ,’ नगर उपप्रमुख कमल बोहराले भने।

तत्कालीन समयमा विद्युत्का पोलहरू गाडिएको भए पनि विद्युत् जडान गर्न नसकिएको विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताए। ‘विभिध कारणले विद्युत् जडान हुन सकेन, अब प्रक्रिया अघि बढाउछौँ,’ उनले भने। यसै वर्षभित्र विद्युत् पुग्ने गरी काम अघि बढाउने उनले बताए। विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि विद्युतीकरणको काममा ढिलाइ हुने गरेको छ। बैतडीमा करिब ३८ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ। विद्युत् वितरण केन्द्रका अनुसार बैतडीमा १९ हजार घरधुरीमा मात्रै बिजुली पुगेको छ।

५० हजार ४७२ घरधुरी रहेको बैतडीमा १९ हजार १९२ घरधुरीमा मात्रै विद्युत् पुगेको विद्युत् प्राधिकरण बैतडीले जनाएको छ। यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो। जिल्लालाई पूर्ण विद्युतीकरणका लागि चार ठाउँमा सबस्टेसनको कामलाई अघि बढाएको वितरण केन्द्र बैतडीका प्रमुख भट्टले बताए। जिल्लाको पाटन नगरपालिका र मेलौली नगरपालिका तथा दोगडाकेदार र सुर्नया गाउँपालिकामा सबस्टेसनको काम अघि बढेको प्रमुख भट्टले बताए।

पाटन र मेलौलीमा बन्ने भनिएको सबस्टेसनको लागि ठेक्का म्याद दोश्रो पटक थपिएको छ भने सुर्नया र दोगडाकेदार गाउँपालिकामा बन्ने भनिएको सबस्टेसनको लागि पहिलो ठेक्का सम्झौता भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.