बागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी

बागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी

हेटौडा : बागमती प्रदेशको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन्।

अधिकारीले कांग्रेसका सांसद बहादुरसिंह लामा प्रस्तावक र  कुन्दनराज काफ्लेको समर्थकमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि बागमती प्रदेशको सभामुखमा नेपाल किसान मजदुर पार्टीकी सृजना सायजुले मनोनयन दर्ता गराएकी छन्।

११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ।

कांग्रेसका ३७,नेकपा एमालेका २७,माओवादी केन्द्रका २१,राप्रपाका १३,नेकपा एसका ७,नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.