मधेसमा को-को बन्दैछन् मन्त्री?

मधेसमा को-को बन्दैछन् मन्त्री?

काठमाडौं : मधेस प्रदेशमा कुन पार्टीलाई कुन मन्त्रालय दिनेबारे गठबन्धनका शीर्षस्थ नेताहरूबीच काठमाडौंमा बैठक चलिरहेको छ। बैठकमा पार्टीका आ-आफ्नो दाबी प्रस्तुत गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएका सरोज यादवले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सपथ लिँदैछन्। मुख्यमन्त्री यादवले चार सदस्यी मन्त्रिमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ।

सात्तारुढ ठूला दलले कम्तिमा एउटा विकासे मन्त्रालय दिने आन्तिरिक सहमति भएको नेताहरूले दाबी गरेका छन्। भौतिक पूर्वधार तथा विकास, समाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालयमध्ये एक-एक वटा मन्त्रालय दिने सत्तारुढ गठबन्धले मापदण्ड बनाएको छ। 

‘कुन पार्टीले कुन मन्त्रालय पाउने विषयमा शीर्षस्थ नेताहरूको बैठक काठमाडौंका चलिरहेको छ। त्यही बैठकले टुंगो लगाउँछ,' माओवादी पोलिटब्युरो सदस्य भरतप्रसाद साहले भने, ‘बाँकी रहेका अरु मन्त्रालय अरु पार्टीलाई दिएर मन्त्रिमण्डल गठन गरिन्छ।’

एमाले, जसपा, जनमत र माओवादीलाई एक-एक वटा मन्त्रालय दिइने कुरा चलिरहेको प्रदेशसभा सदस्यसमेत रहेका साहले बताए। एमाले(२३), जसपा(१६), जनमत(१३), माओवादी(७), राप्रपा(१), नेपाल समाजवादी (१) र स्वतन्त्र(२) गरी ६३  प्रदेशसभा सदस्यको समर्थमा बिहीबार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

स्रोतका अनुसार एमालेले भौतिक पूर्वधार तथा विकास मन्त्रालय, जसपाले समाजिक विकास, माओवादीले उद्योग, पर्यटन तथा वन र जनमत पार्टी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिने सहमति भएको छ। 

ऐमालेले भौतिक पूर्वधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने आफूहरूको दाबी रहेको ऐमालेकी प्रदेशसभा सदस्य सारदा थापाले बताइन्। एमालेबाट संसदीय दलका नेता सरोज कुमार राय, राजकुमार ले‍खी, सारदा थापा, दीपेन्द्र ठाकुर, त्रिलोकी चौधरीलगायत मन्त्रीमा दाबी गरेका छन्। 

केन्द्रीय सत्ता गठबन्धनको निर्णयअनुसार मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। जसअनुसार एमालेको भागमा सभामुख र जनमत पार्टीको भागमा उपसभामुख परेको छ। यसका लागि पुस ३० गते चुनाव हुने एमाले नेता रामचन्द्र मण्डलले बताए। सभामुखका लागि एमालेबाट मण्डलले दाबी गर्दै आएका छन्।

जसपाले आर्थिक मामिला तथा योजना र समाजिक विकास मन्त्रालयमा दाबी गरेको छ। जसपाबाट रामअशिष यादव र मनिष सुमन मन्त्री बन्ने चर्चा छ। 

जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले आफ्नो पार्टीले भौतिक पूर्वधार तथा विकास, समाजिक विकास, आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेको बताए। जनमत पार्टीबाट वसन्त कुश्वाहा, महेश प्रसाद यादव, चन्दन सिंह, सञ्जय यादव, सतिश सिंह र अनिता साह मन्त्री पदको आकांक्षी छन्। नेता यादवले भने, ‘हामीले कुन मन्त्रालय पाउने हो त्यसको टुंगो लागेको छैन। हाम्रो पार्टीबाट को-को मन्त्री बन्नुहुन्छ पार्टीको हाइकमाण्डले निर्णय गर्छ।’

माओवादीबाट भरत साह, युवराज भट्टराई( समीर) र सुनिता यादव मन्त्री पदको आकांक्षी छन्। माओवादी पार्टीका सचिव गणेश साहका अनुसार कसलाई मन्त्री बनाउनेबारे भोलि बिहान १० बजेभित्र पार्टीले अन्तिम टुंगो लगाउने बताए। 

माओवादीले शुक्रबारसम्म संसदीय दलको नेता, उपनेता, सचेत पनि छनौट गर्ने माओवादी नेता साहको भनाइ छ।  ‘साँझ ७ बजे मधेस प्रदेश सरकारमा सहभागी भएका सात दलहरुको छलफल जनकपुरमा हुँदैछ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.