फागुनमा महिला स्वास्थ्य सम्मेलन हुने
काठमाडौं : महिला स्वास्थ्य सम्मेलन फागुनमा हुने भएको छ। महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सम्मेलन हुन लागेको हो।
बिहीबार होटल हिमालयनमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक सुनिल शर्माले सम्मेलनको औपचारिक घोषणा गरेका हुन्।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका शाखा प्रमुख तथा सदस्य सचिव कविता अर्यालले फागुन २५ र २६ गते सम्मेलन हुनेबारे जानकारी दिइन्।
सदस्य सचिव अर्यालका अनुसार सम्मेलनमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार,नसर्ने रोग,बाल किशोर/किशोरी तथा जेष्ठ नागरिक स्वास्थ्य, विपदमा महिला स्वास्थ्य तथा पोषणसम्बन्धी महिला स्वास्थ्यका बारेमा शोधपत्र प्रस्तुत गरिनेछ।