गाउँमा मावि चलाउन सहयोग संकलन

गाउँमा मावि चलाउन सहयोग संकलन

प्यूठान : जिल्लाको झिमरुक गाउँपालिका-५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई मावि बनाउनका लागि सहयोग संकलन सुरु भएको छ। 

२०३२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ८ सम्मको मात्र पढाइ भइरहेको छ। 

आगामी शैक्षिक सत्रदेखि मावि तह (कक्षा ९–१०) सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले सहयोग संकलन अभियान सुरु गरेको हो। 

सहयोगका लागि विद्यालय र अभिभावकहरूले सार्वजनिक रूपमा सहयोगको अपिल गरेका छन्। 

कक्षा ८ देखि माथिल्लो तहको पढाइका लागि विद्यार्थीहरू बालशिक्षा माध्यमिक विद्यालय मच्छि र बलभद्र मावी बादीकोट पुग्नुपर्ने बाध्यता छ। 

मावी सञ्चालनका लागि पूर्वाधार निर्माण र शिक्षक व्यवस्थापनका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्रधानाध्यापक यशोदा खड्काले बताइन्।  

विद्यालयमा २ सय ५८ जना विद्यार्थी छन्। बालविकाससहित १० जना शिक्षक कार्यरत छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.