रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

मस्को : उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ। नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हाम्रो ‘एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम (अवाक्स)’ विमानले सयौं किलोमिटर टाढाका विमानलाई पत्ता लगाउन र गतिविधिमाथि निगरानी राख्न सक्छ।'

यी विमान बुखारेस्ट नजिकैको ओटोपेनीमा मङ्गलबार आइपुग्नेछन् र पश्चिमी जर्मनीको गीलेन्किर्चेनमा बनेका नेटोका १४ वटा बोइङ ई–३ ए अवाक्स विमानको हिस्सा हुन्।

नेटोले रोमानियाबाट गस्तीमा कति वटा अवाक्स विमान खटाउने छ भन्नेबारे केही बताएको छैन।

प्रत्येक अवाक्स विमान सामान्यतया नौ हजार (करिब ३० हजार फिट) को उचाइमा साढे आठ घण्टासम्म हावामा रहन सक्छन्। हवाई यात्रा गर्दा, तिनीहरूले पोल्याण्ड जस्तो लगभग ठूलो क्षेत्र निगरानी गर्न सक्दछन् र एयर–टू–एयर निगरानीको साथ आफ्नो उडान समय विस्तार गर्न सक्छन्।

यी विमानलाई सहयोग गर्न ओटोपेनीस्थित रोमानियाली हवाई शिविरमा करिब १८० जना सैनिक तैनाथ हुनेछन्। यो अभियान केही हप्तासम्म चल्ने नेटोले जनाएको छ।

रूसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नेटोले पूर्वी युरोपमा थप लडाकू विमान, निगरानी विमान र हवाई ट्याङ्करमार्फत आफ्नो हवाई उपस्थितिलाई मजबुत बनाएको छ।

नेटो गठबन्धनले नेटो राष्ट्रहरूको सीमा नजिक रूसी जेटहरूलाई पछ्याउन पूर्वी युरोप र बाल्टिक साम्द्रिक क्षेत्रमा पनि नियमित गस्ती सुरु गरेको छ। 

पूर्वी युरोपमा नेटोको आठ बहुराष्ट्रिय युद्ध समूहमध्ये एक टोली रोमानियामा प्रतिरोध र प्रतिरक्षाको अवस्थामा तैनाथ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.