हरेक घरमा ‘पढाइ कुना’

हरेक घरमा ‘पढाइ कुना’

सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ की पार्वती विककी छोरी लक्ष्मी विक रमा माविमा कक्षा ३ मा पढ्छिन्। उनी सधैं विद्यालय गए पनि घरमा पढ्ने बानी पटक्कै थिएन। विद्यालयबाट घर आउँदा विद्यालय पोसाक र झोला जहाँ पायो त्यही फाल्थिन्। 

तर उनको घरमा पढाइ कुना बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ। लक्ष्मीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो। प्लान इन्टरनेसनल र नरहरिनाथ गाउँपालिकाको सहकार्यमा बालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले लक्ष्मीको दैनिकी फेरिएको छ। 

लक्ष्मीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ। विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन्। लक्ष्मीकी आमा पार्वती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। प्लान इन्टरनेसनल संस्थाले सिकाएअनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ।’ लक्ष्मीले पढाइ कुनामा हरेक दिन दुई घण्टा पढ्छिन्।

नरहरिनाथ गाउँपालिका वडा नं. ३ कै पूजा बुढाको घरमा पनि पढाइ कुना छ। उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिक सामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्। 

पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ। 

पूजा भन्छिन्, ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ। पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले 
विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी बढ्न मन लाग्छ।’

पूजा र लक्ष्मीको घरमा मात्र होइन। नरहरिनाथ गाउँपालिकाका ५ सय ६३ घरधुरीमा पढाइ कुना निर्माण गरिएको पढाइलेखाइ सुधार परियोजना संयोजक दीक्षा भाटले बताइन्। 

प्लान इन्टरनेसनलको आर्थिक सहयोग, किर्डाक नेपालको सहजीकरण तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा पढाइ कुना बनाइएका हुन।  भाट भन्छिन्, ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौं।

नरहरिनाथ गाउँपालिकाका ८ वटा वडाका १२ वटा विद्यालयको सेवाभित्रका ३६ वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका १ हजार २ सय बालबालिकाहरूका लागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ। 

रमा मावि कालासिल्लाका प्रधानाध्यापक हरिश्चन्द्र बटालाले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए। 

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले नरहरिनाथ गाउँपालिकामा बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूको सिकाइमा उल्लेख्य सुधार भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.