'सभामुख र राष्ट्रपतिमा कांग्रेसको दावी रहने'

'सभामुख र राष्ट्रपतिमा कांग्रेसको दावी रहने'

तानसेन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अव्दुल सतारले सभामुख र राष्ट्रपतिमा कांग्रेसको दावी रहने बताएका छन्। लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतिमा दावी गरेको उनले बताए। 

नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सतारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट पुन: प्रतिगमनको खतरा बढेको, संसद विघटन वा म्ध्यावधि निर्वाचनको खतराको संकेत गरेपछि नेपाली कांग्रेसले लोकतन्त्र प्रजातन्त्र बचाउन माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको बताए। 

माओवादी सरकारलाई विश्वासको मत दिए पनि पाटी सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रहने केन्द्रीय सदस्य सतारले बताए। नेपाली कांग्रेस कार्यसम्पादन समितिले अक्षमता, अदुरर्शिता, एकहोरो जिद्धिपनको कारण ठुलो पाटी भएर पनि सत्ता गुमाउनु परेको केन्द्रीय सदस्य सतारले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.