मुस्ताङको तापक्रम माईनसमा

मुस्ताङको तापक्रम माईनसमा

जोमसोम: हिउँदयामको माईनस डिग्री तापक्रम रहेको बेलो मुस्ताङमा शनिबार विपद् प्रतिकार्य सम्बन्धि डेमो प्रर्दशन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङको आयोजनामा जोमसोम कभर्डहलको खुल्ला चौरमा विपद् प्रतिकार्य सम्बन्धि डेमो नाटक देखाईएको हो।

कुनै पनि बेला जुनसुकै प्रकारका विपद् घटना सिर्जना हुनसक्ने भएकाले त्यस्ता घटनाको समुचित व्यवस्थापन, उद्दार र राहतका लागि जिल्ला स्थित सुरक्षा निकाय ,स्थानीय तह र स्थानीयबासीको समेत विपद् प्रतिकार्यका लागि महत्वपूर्ण हुने सन्देशसहितको डेमो नाटक देखाईएको हो।

विपद् प्रतिकार्य अभ्यास कार्यक्रमले सवै निकायलाई अलर्ट रहन संन्देश प्रवाह गरेको जिसस उपप्रमुख आईतलाल थकालीले जानकारी दिए। ‘विपद्का बेला साना तिना कमजोरीले ठुलो क्षति हुन सक्छ,’ उनले भने, ‘यसैले सम्भावित विपद् अगावै हामीले यसको अभ्यास र उपकरण सञ्चित गर्नुपर्ने हुन्छ।’

विपद् प्रतिकार्य सम्बन्धि कार्यक्रममा आगलागी नियन्त्रण, सडक दुर्घटना, हिउँ पहिरोमा हराएको व्यक्तिको उद्दार र खोज र नदी खोंचमा फसेका घाईतेलाई हाईलाईन पद्धतिबाट उद्दार लगायतको पूर्व अभ्यास गरिएको थियो।

हिउँदयामको मौसममा सम्भवित हिमपात र चिसोको जोखिम हुन्छ। उपल्लो मुस्ताङमा माईनस २० र तल्लो मुस्ताङमा माईनस १० डिग्री तापक्रम हुन्छ। चिसोका कारण मुस्ताङको जनजीवन कष्ठकर छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.