रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

बेइजिङ : रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उनले बताए। 

राष्ट्रङ्घीय सुरक्षा परिषद्मा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिए। उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे। विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए। 

नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए। साथै उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलव्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए। शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवम् सहयोग रहने पनि उनले स्पष्ट गरे। 

जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएईए)लाई  केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी राजदूत झाङले दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.