मनाइँदै नरहरी पर्व

मनाइँदै नरहरी पर्व

बैतडी /महेन्द्रनगर : माघे संक्रान्तिको दिन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भने आज नरहरी पर्व मनाइँदैछ। पुस समान्तको राति मिठो मिठो परिकार पकाइन्छ।

पाप नष्ट हुने मान्यताका राति पकाएको पहिलो रोटी माघ १ गते ‘नरहरी’ पर्वको दिन बिहानै नुहाइधुवाइ गरेर कागलाईसेलरोटी दिने परम्परा रहेको साहित्यकार कविराज भट्टले बताए। ‘का कौवा का मेरो सेलपुरी खा’ भन्दै घरको धुरीमा सेल पुरी राखेर कागलाई बोलाउने गरिन्छ’, भट्टले भने।

साहित्यकार रमेश पन्तले यो दिनमा छोरीहरूलाई माइतमा बोलाएर मिठो मसिनो खुवाउने चलन रहेको बताउँछन्। ‘नरहरी’पर्वको दिन चामलको रोटी, तरुल, सखरखण्डलगायतका परिकार पकाउने गरिन्छ। वनजंगलमा पाइने माटोमुनिको फल खानुपर्ने मान्यताले कन्दमुलजन्य खानेकुरा तरुल, सखरखण्ड खाने गरेको संस्कृतिका जानकार हरिप्रशाद जोशीले बताए।तरुल, तिल र सखरका परिकार समेत खाने चलन छ। तिल र सखर खाँदा जाडोमा शरीरलाई उर्जा दिने बताइन्छ। 

धार्मिक मान्यता अनुसार ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान भन्ने बुझिन्छ। धार्मिक अध्यात्मिक कार्यको सुरुवात भएको दिनको रुपमा ‘नरहरी’ मनाउने गरिएको संस्कृतिका जानकारी आचार्य रघुनाथ जोशीले जानकारी दिए। धार्मिक मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायनको अवधि भन्ने गरिन्छ। उत्तरायणको अवधिमा मांगलिक कार्यहरू गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ। ब्रतबन्ध, बिवाह लगायतका मांगलिक कार्य प्रायःजसो उत्तरायनको अवधिमा गर्ने गरिएको छ। 

पण्डित गणेश भट्टा अनुसार सूर्य मकर राशीमा प्रवेश गर्ने भएकोले नरहरी पर्वदेखि धार्मिक कार्य गर्ने र माघ महिनालाई धार्मिक महिनाका रूपमा मनाउने चलन रहेको छ। नरहरी पर्र्वका दिन सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरीधाम र हरिहरघाट, डँडेल्धुराको परशुरामधाम, बैतडीको पाटन नगरपालिका–६ सुर्नया नदी किनारको शक्तिपीठ रामेश्वरधाममा माघस्नान गर्ने भक्तहरूको घुँइचो लाग्छ। जहाँ माघ महिनाभरी स्नान गर्ने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.