गण्डकीको चार सदस्यीय मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाका

गण्डकीको चार सदस्यीय मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाका

स्याङ्जा : गण्डकी प्रदेशको ४ सदस्यीय मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाले पाएको छ। मुख्यमन्त्री सहितको ४ सदस्यीय मन्त्रीपरिषदमा सरकारको प्रवक्ता सहित २ मन्त्री स्याङ्जाका बनेका हुन्। 

सत्ता साझेदार मध्ये नेकपा एमालेतर्फका सीता सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ् पहिलो पटक मन्त्री बनेका हुन्। उनीहरु दुबैजना हाल बिनाविभागीय मन्त्री हुन् भने सुन्दासलाई प्रवक्ता समेतको जिम्मेवारी दिइएको छ। 

सुन्दास स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। पुतलीबजार नगरपालिका ७ जन्मेकी उनी हाल पुतलीबजार १ मा बस्दै आएकी छन्। जिल्ला समन्वय समिति स्याङ्जाका निवर्तमान प्रमुख हुन्। 

उनले नेकपा माओवादी केन्द्र सहितको कांग्रेस गठबन्धनतर्फका उम्मेदवार अमृता थापा मगरलाई पराजित गरेकी थिइन्। यसैगरी गुरुङ्  समानुपातिकतर्फका उम्मेदवार हुन्। उनी पुतलीबजार नगरपालिका ५ पौगेगौडे निवासी हुन्।  

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादी सहितको बहुमत पुर्‍याएपछि प्रदेश सरकार बनेको हो। 

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद भइकन पनि कांग्रेस प्रतिपक्षी दल बनेको छ। प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी सहित ४ मन्त्रीले पुस २५ गते पद तथा गोपनियताको शपथ लिइसकेका छन्। अधिकारीले एमाले सुन्दास, माओवादीका चुमान र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.