मध्यपुरठिमीमा आगलागीबाट १५ लाखको क्षति
भक्तपुर : भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ९ बोडे पेट्रोल पम्प ओरालोमा आगलागी भएको छ। भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ घर भइ हाल भक्तपुर कटुन्जे बस्ने ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने फ्याक्ट्री) मा एक्कासी करेन्ट सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरी दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको छ। आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सामानहरु पूर्ण रुपले जली नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। अन्डाको क्रेड बनाउने कागज ३ लाख बराबरको र जेनेरेटर १ थान १२ लाखको गरी कुल १५ लाख बराबरको सामानको क्षति भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
१