निर्वाचनका बेला गरेका प्रतिवद्धता पूरा गर्छौं : कांग्रेस उपसभापति खड्का

निर्वाचनका बेला गरेका प्रतिवद्धता पूरा गर्छौं : कांग्रेस उपसभापति खड्का

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिवद्धता कार्यान्वयनतर्फ आफू लागिरहेको बताएका छन्। 

उपसभापति खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभाहरूमा आफूसहित तत्कालीन गठबन्धनका तर्फबाट गरिएका प्रतिवद्धताहरू कार्यान्वयन हुने बताए।

उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ पनि प्रतिवद्ध रहेको बताए। 

उनले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिने क्रममा आफूले कर्णालीका मतदातासँग गरिएका वाचाको स्मरण गराएको सुनाए। 

प्रचण्डसँग भएको कुराकानीबारे मतदातासँग जानकारी गराउँदै उपसभापति खड्काले भने, `अहिलेको राजनीतिक समीकरणले कर्णालीको विकास र समृद्धिमा कुनै किसिमको समस्या आउँदैन्।´

`भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको काम अघि बढेको छ, रामघाटमा विमानस्थलको काम पनि सुरू भएको छ,´ उपसभापति खड्काले भने, `प्रादेशिक सरूवा रोग अस्पताल, मदन भण्डारी राजमार्ग, १३२ केभीको विद्युत प्रसारण लाइनसँगै अधुरा विकास योजनाले गति लिन थालेका छन्।´


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.