इन्टरनेट कार्यालयको कर्मचारी भन्दै चोरी गर्ने पक्राउ
भक्तपुर: भक्तपुरमा इन्टरनेट कार्यालयको कर्मचारी भन्दै चोरी गर्ने पक्राउ परेका छन्। इन्टरनेट कार्यालयको मान्छे भन्दै घरभित्र पसेर चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको नागार्जुन नगरपालिका ८ भीमढुंगा बस्ने वर्ष ३२ का विष्णुप्रसाद जोशी पक्राउ परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
टिभी र नेटवर्कको सर्भिस दिने ग्राहक वितरण केन्द्रबाट उनले ६ लाख बराबरको हुवाई स्वीच एक थान, दुई लाख बराबरको एसएफपी कनेक्टर १६ थान र १० हजार बराबरको प्याचकार्ड चोरी गरेको परिसरका प्रमुख एसपी प्रजित केसीले बताए।
उनलाई डेरा गरी बस्ने भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठ्ठाघर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१