थोरङ्लापास पदयात्रामा एक्लै निस्किएकी कोरियन महिला मृत भेटिइन्

थोरङ्लापास पदयात्रामा एक्लै निस्किएकी कोरियन महिला मृत भेटिइन्

जोमसोम : मुस्ताङ र मनाङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथि हाइक्यापमा एक कोरियन महिलाको मृत्यु भएको छ। समुन्द्री सतहदेखि करिब ५३५० मिटर अग्लो उचाइमा अवस्थित पदमार्गमा कोरियन महिला किम जेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। ती महिला एक्लै पदयात्रामा निस्किएकी थिइन्।

थोरङ्पास क्षेत्रमा कोरियन महिलाको मृत्यु भएको सूचना मनाङ प्रहरी र एक्यापलाई आइतबार बिहान करिब साढे १० बजे प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त इञ्चार्ज रामकृष्ण श्रेष्ठले जानकारी दिए। थोरङ्लापासमा कोरियन महिला किम जेसुनको लेक लागेर मृत्यु भएको निमित्त प्रहरी इञ्चार्ज श्रेष्ठले बताए।

कोरियन महिलाको शव उद्दारका लागि दुई जना प्रहरी र एक जना एक्यापको कर्मचारी घटनास्थलमा पुगेका छन्।

मनाङको अन्तिम बिन्दु मनाङ ङिस्याङ गाउँपालिकामा ती महिलाको मृत्यु भएको एक्याप मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए। राउन्ड अन्नपूर्ण चर्कीय पदमार्गमा यात्रा गर्ने क्रममा कोरियन महिलाको मृत्यु भएको एक्यापको भनाङ छ। हिउँदयाममा सो क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ।

जनवरी १० मा लमजुङको बेसी सहरबाट मनाङ प्रवेश गरेकी किम तिलिचो ताल वा थोरङ्लापासका लागि पदयात्रामा निस्किएकी थिइन्। लेक लागेर मृत्यु भएकी उनको उमेर दुईथरी इन्ट्री भएको गौतमको भनाइ छ। उनका अनुसार प्रहरीको इन्ट्रीमा ५३ वर्ष उल्लेख छ भने एक्यापको इन्ट्रीमा २७ वर्षमात्र उल्लेख छ। उनले काठमाडौंस्थित इपी सेन्टरमा समन्वय गरी उमेरको एकिन गर्ने कार्य भइरहेको बताए।

मनाङ एक्यापले कोरियन महिलाको शव उद्दारका लागि सम्बन्धित दूतावाससँग समन्वय भइरहेको बताएको छ। कार्यालय प्रमुख गौतमले दूतावासलाई खबर गरिसकेको र दूतावासले घरपरिवारसँग समन्वय गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको छ।

राउण्ड अन्नपूर्ण पदयात्रा गर्ने क्रममा मनाङ प्रवेश गरेको ५ दिनपछि कारियन महिलाको मृत्यु भएको हो। कोरियन महिलाको शव हाई क्याम्प नजिकको टिसपमा सुरक्षित राखिने बताइएको छ।

मनाङबाट शव उद्दारका लागि गएका ३ जना टोलीमध्ये दुई जना प्रहरीसमेत लेक लागेर सामान्य भएको एक्याप मनाङले जनाएको छ। ‘शव उद्दारका लागि दुई प्रहरी र हाम्रो एक कर्मचारी थोरङ्लापास पुगेका छन्,’ उच्च उचाई र चिसोले बिरामी भएको भन्ने छ। जसका कारण शव व्यवस्थापनमा कठिनाइ भएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.