उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किएर १९ जनाको मृत्यु
सेनेगल : उत्तरी सेनेगलमा सोमबार बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। दु्र्घटनामा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो। यसअघि जनवरी ८ मा ठूलो सडक दुर्घटना भएको थियो। सो दुर्ईटनामा ४२ जनाको मृत्यु भएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। रासस