रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु

रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु

किभ : युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । 

युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टमा फसेका मानिसहरुको बच्ने आशा कमै रहेको बताएका छन् । अधिकारीहरुका अनुसार यस हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ । यद्यपिद उद्धारको प्रयास भने जारी छ ।

धेरै मानिस अझै बेपत्ता छन्, ७५ जना घाइते भएका छन् ।

सोमबार रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त भवनमा रुसी सेनाले आक्रमण नगरेको दाबी गरेका थिए । युक्रेनले उक्त भवनमा रुसी केएच-२२ मिसाइलले आक्रमण गरेको भन्दै उक्त मिसाइललाई खसाल्ने क्षमता नभएको बताएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.