रिहाईको माग गर्दै अमेरिकी नागरिक इरानमा अनशनमा

रिहाईको माग गर्दै अमेरिकी नागरिक इरानमा अनशनमा

बाग्दात : इरानको जेलमा रहेका एक अमेरिकी नागरिकले राष्ट्रपति जो बाइडेनलाई आफ्नो मुद्दालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै सोमबारदेखि सात दिने भोक हडतालको घोषणा गरेका छन्।

सियामक नमाजीले बाइडेनलाई लेखेको खुला पत्रमा भनिएको छ, 'राष्ट्रपति ज्यू, तपाईंको आगामी सात दिनको समयमध्ये एक मिनेट इरानमा अमेरिकी बन्धकहरूको कष्टको बारेमा सोच्नमा समर्पित होस् । हामीलाई स्वदेश फर्काउने शक्ति अमेरिकाका राष्ट्रपतिसँग मात्र छ, त्यसैले उहाँले यसका लागि मनस्थिति बनाउनुपर्छ ।'

इरानी मूलका अमेरिकी नागरिक नमाजीलाई सन् २०१५ को अक्टोबरमा इस्लाम कानुनको पालना नगरेको आरोपमा पक्राउ गरिएको थियो ।

उनका पितासमेत रहेका युनिसेफका पूर्वअधिकारी बाकरलाई उनको रिहाईका लागि उडेको बेला पक्राउ गरिएको थियो । बाकरलाई स्वास्थ्यको कारण देखाउँदै गत अक्टोबरमा इरान छोड्न अनुमति दिइएको छ । 

तत्कालीन अवस्थामा उनलाई अस्थायी रूपमा रिहाईको घोषणा गरिए पनि पछि उनलाई तेहरानस्थित इभिन जेलमा लगिएको थियो । उनी त्यहाँ रहेकै समयमा जेलमा आगलागीसमेत भएको थियो । 

सन् २०१६ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच आणविक निःशस्त्रीकरण सम्झौता लागू भएपछि अन्य पाँच अमेरिकीलाई रिहा गरिएको थियो । उनीहरूको रिहाईको सात वर्षपछि उनले जेलमा अनशन सुरु गरेका हुन् । 

ओबामाका उत्तराधिकारी डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट पछि हटे पनि थप दुई अमेरिकीलाई इरानसँगको कैँदी आदानप्रदानमा रिहा गरिएको थियो । 

'मलाई जेलका अधिकारीहरूले ‘तपाईंको प्यारो अमेरिका कसरी यति हृदयहीन हुन सक्छ? एक होइन, दुई जना अमेरिकी राष्ट्रपतिले अरूलाई मुक्त गरे तर तपाईंलाई जेलमा नै छोडे’ भनी खिल्ली उडाउने गर्छन्,' नमाजीले आफ्नो पत्रमा लेखेका छन्।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.