औद्योगिक प्रदर्शनीमा कफीको स्वाद
अर्घाखाँची : सन्धिखर्कको त्रिवेणी धाममा एक दिने कृषि तथा औद्योगिक प्रदर्शनी मेला सम्पन्न भएको छ। मेलामा स्थानीय स्तरमा उत्पादन गरेका डालो, नाङ्लो, मादल, हसिया, खुर्पा, हस्तकलाका सामग्री तथा स्थानीय किसानले उत्पादन गरेका कृषि सामग्री राखिएको थियो। मेलामा कफीको महत्व बुझाउन एक हजार जना स्थानीयहरूलाई निशुल्क रुपमा अर्गानिक कफीसमेत खुवाइएको थियो ।
अर्घाखाँचीको उद्योग बाणिज्य संघ, सन्धिखर्क नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्यवन इकाई, कृषि ज्ञान केन्द्रलगायतको संयुतm आयोजनामा मेला सञ्चालन गरिएको होे।
मेला प्रर्दशनी तथा विविध साँस्कृतिक कार्यक्रम राष्ट्रिय कलाकार विष्णु खत्रीले विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। कृषि ज्ञान केन्द्रले ६ विधामा २३ जना कृषकलाई सम्मान गरेको थियो। मेलाको प्रतिनिधिसभा सदस्य सुशीला श्रीपालीले उद्घाटन गरेकी थिइन्। कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो।