अमेरिकाबाट आएकी बन्दना आफन्तलाई सरपराइज दिन पोखरा उडेकी थिइन्

अमेरिकाबाट आएकी बन्दना आफन्तलाई सरपराइज दिन पोखरा उडेकी थिइन्

बागलुङ: गल्कोट नगरपालिका-२ नरेठाटी घर भएकी बन्दना सुनुवार अमेरिकाबाट केहीदिन अघिमात्र नेपाल आएकी थिइन्। 

अमेरिका बस्दै आएकी बन्दना बिरामी भएर काठमाडौंको अस्पतालमा उपचाररतत हजुरआमालाई भेट्न नेपाल आएकी हुन्। बन्दना आइतबार बिहान पोखरामा रहेका आफन्त र साथीलाई सरप्राइज दिनेगरी खबर नै नगरी यती एयरलाईन्सको जहाजमा पोखरा उडेकी थिइन्। तर, पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्‍यो। उतै उनी अस्ताइन्।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल  दुर्घटनाको दिन थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछे,’ उनकी दिदी जेमी सुनुवारले आँशु पुछ्दै भनिन, ‘यो कस्तो सरप्राइज हो?'

बन्दनाको मृत्युको खबरले परिवार शोकमग्न भएको छ। त्यस्तै बुहारीलाई जापान पठाउन काठमाडौं गएका बागलुङ नगरपालिका ४ कुडुँलेका शालिकराम आचार्य घर फर्किने क्रममा दुर्घटनामा परी ज्यान गुमाए। 

शनिबार बुहारीलाई जापान पठाएर घर फर्किएका उनको दुर्घटनामा ज्यान गयो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.