वीरगन्जमा ट्रक र ट्याक्टरबाट तस्करीका ४० लाखको सामान बरामद

वीरगन्जमा ट्रक र ट्याक्टरबाट तस्करीका ४० लाखको सामान बरामद

वीरगन्ज : वीरगन्जबाट राजश्व छलेर भित्र्याइएका सामानसहित एउटा ट्रक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। 

वीरगन्ज महानगरपालिका-२५ सिर्सिया चोकस्थित सडकखण्डबाट प्रहरीले ४० लाख रुपैयाँ मूल्यको सामानसहित ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको हो। 

भारतबाट तस्करीको सामान बोकेर ट्रक र ट्याक्टर वीरगन्ज आउँदै गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरीको टोली खटिएको थियो। 

प्रहरीको टोलीले  सिर्सिया स्थित सडकखण्डमा ना ३ ख ८२३ नम्बरको मालवाहक ट्रक र बीआर ०५ जिसि ०२१५ नम्बरको ट्याक्टर रोकेर चेकजाँच गर्दा विल बिजक नभएका  ४० लाख रुपैयाँ मुल्यको लत्ताकपडा र खुद्रा सामान बरामद भएको पर्साका प्र्हरी नायब उपरीक्षक दीपक गिरीले बताए। 

बरामद सामान सहितको ट्रक मंगलबार अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.