सुदूरपश्चिममा एमालेबाट चौधरी र समाजवादीबाट पन्त उपसभामुखमा भिड्दै

बेलुका ६ बजे मतदान हुने

सुदूरपश्चिममा एमालेबाट चौधरी र समाजवादीबाट पन्त उपसभामुखमा भिड्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको उप सभामुखका लागि नेकपा एमालेबाट कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादीबाट माया पन्तको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनमा उप सभामुख पद नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भएको थियो। तर नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नबन्ने र सरकारमा पनि नजाने निर्णय गरेपछि सत्ता गठबन्धनबाट नेकपा एमालेले उपसभामुखमा मनोनयन दर्ता गरेको हो । 

कोइली चौधरी कैलालीबाट समानुपातिक प्रदेश सभा सदसय हुन् भने पन्त पनि कञ्चनपुरबाट समाजवादीकी समानुपातिक प्रदेश सभा सदस्य हुन् । 
संसद सचिवालयले जारी गरेको कार्यतालिका अनुसार,आज अपरान्ह ४ बजेसम्मका लागि उप सभामुखमा मनोनयनको समय थियो । त्यो समयभित्र एमालेबाट चौधरी र समाजवादीबाट पन्तले मनोनयन दर्ता गराएको संसद सचिवालयका अधिकृत युवराज जैशीले जानकारी दिए । 

आजै नेकपा माओवादी केन्द्रका भीम बहादुर भण्डारी सभामुखमा निर्वाचित भएका छन्।  आजै बेलुकी ६ बजे उपसभामुखका लागि मतदान हुनेछ।

उपसभामुखका उमेदवारहरु कोईली देवी चौधरी र माया पन्त ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.