चिसो बढेसँगै मुस्ताङका होटल सुनसान

चिसो मौसम सुरु भएपछि पुस महिनामा आंशिक पर्यटक मुस्ताङ भित्रिएकोमा माघ लागेपछि पर्यटकको संख्या एकदमै न्यून रहेको घाँसा प्रहरी चौकीका ईञ्चार्ज मनबहादुर कार्कीले जानकारी दिए ।

चिसो बढेसँगै मुस्ताङका होटल सुनसान

जोमसोम : चिसो बढेसँगै मुस्ताङका  होटल तथा रेष्टुरेन्टहरु अहिले सुनसान बनेका छन् । गर्मीयामको अनुकूल मौसममा पर्यटकीय गुल्जार हुने मुस्ताङमा हिउँदयाम लागेपछि भने गुमनाम जस्तै हुने गर्छ । मंसिरको अन्तिमदेखि फागुनको अन्तिमसम्म मुस्ताङमा चिसोले जनजीवन प्रभावित हुने गर्छ ।सम्भावित हिमपात र चिसोले पुस र माघ महिनामा पर्यटकीय गतिविधि ठप्पै हुने  गरेको हो।

बर्खायामभरी दुःख गर्ने र हिउँदयाम लागेपछि होटल पुरै बन्द गरेर वा कुरुवा राखेर यहाँ पर्यटन व्यवसायी बेसीका विभिन्न स्थानमा घुमफिर गर्न पुग्छन् ।चिसो मौसम सुरु भएपछि पुस महिनामा आंशिक पर्यटक मुस्ताङ भित्रिएकोमा माघ लागेपछि पर्यटकको संख्या एकदमै न्यून रहेको घाँसा प्रहरी चौकीका ईञ्चार्ज मनबहादुर कार्कीले जानकारी दिए । 

एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीका अनुसार सिजनको समयमा दैनिक सयौं विदेशी पर्यटक मुस्ताङ आउने गरेको भएपनि यतिबेला चिसोका कारण दैनिक १०/१५ जना मात्र विदेशी पर्यटक आउने गरेका छन् ।

उनका अनुसार पुस महिनामा दैनिक करिब ६० जति जीपकार,६०/७० वटा मोटरसाइकल र १०/१५ वटा बस भित्रिने गरेकोमा अहिले त्यसमा पनि करिब ७० प्रतिशत कम सवारी मुस्ताङ भित्रिएका छन् । जिल्ला बाहिरबाट पर्यटक आउन छोडेपछि मुस्ताङ सदरमुकाम जोमसोका होटल पुरै सुनसान बनेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।

‘मुस्ताङमा चिसो बढेको छ,वातावरण पनि सुनसान र उराठिलो छ,’अध्यक्ष तुलाचनले भने,‘जाडो समयको पुस र माघ महिना अफ सिजन पनि हो, योबेला पर्यटक आउने समय पनि होइन ।’

हिउँदयामको चिसो मौसमका कारण मुस्ताङको लेतेदेखि उपल्लो मुस्ताङका कतिपय होटलहरु सुनसान छन् भने कतिपय होटलहरु बन्द छन् । एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीका अनुसार सिजनको समयमा दैनिक सयौं विदेशी पर्यटक मुस्ताङ आउने गरेको भएपनि यतिबेला चिसोका कारण दैनिक १०/१५ जना मात्र विदेशी पर्यटक आउने गरेका छन् । उनले फागुनको दोस्रो सातापछि क्रमशः मुस्ताङमा पर्यटकीय चहल पहल हुने उल्लेख गरे ।

गर्मीयाममा बर्सेनि मुस्ताङका होटलहरु भरिभराउ हुने भएपनि चिसोयाममा यहाँ होटल खाली हुने एक्यापका कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

‘अहिले मुस्ताङमा चिसो छ,हिमपात पनि हुनसक्छ,’उनले भने,‘अन्नपूर्ण सर्किटमा पनि पुरै हिउँ छ,उपल्लो मुस्ताङ पनि जाने सकिदैन ।’ गर्मीयाममा बर्सेनि मुस्ताङका होटलहरु भरिभराउ हुने भएपनि चिसोयाममा यहाँ होटल खाली हुने एक्यापका कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

जिल्ला बाहिरबाट पर्यटक आउन छोडेपछि बेनी/जोमसोम–कोरला सडकमा सवारी साधन आउजाउको चाँप एकदमै कम रहेको बेनी–जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए । मुस्ताङको लेतेदेखि लोमान्थाङसम्म साना ठूला गरी करिब २ सय बढी होटलहरु सञ्चालनमा छन् । 

 चिसोले गर्दा धार्मिक स्थल मुक्तिनाथ मन्दिर समेत सुनसान छ । गर्मीयाममा तिर्थालुले भरिभराउ हुने मुक्तिनाथ मन्दिरमा पर्यटक नआउँदा सुनसान बनेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।तर,मुस्ताङको पर्यटन व्यवसाय चिसोले ठप्पै बने पनि यहाँका किसानलाई स्याउ बगैचा व्यवस्थापनमा व्यस्त छन् । चिसोकै कारण यहाँका सामुदायिक विद्यालय २ महिनाका लागि बन्द भएका छन् भने सरकारी कार्यालयहरु समेत सेवाग्राही नहुँदा सुनसान  छन् ।

उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस २० र तल्लो मुस्ताङमा माइनस १० डिग्रीमा झर्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.