युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्रीसहित १८ जनाको मृत्यु

किएभ : युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकोप्टर दुर्घटनमा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको हो।

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको बताएका छन्। दुर्घटनामा तीन जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन्। 

बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता छन्। उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। दुर्घटनामा घाइते भएका दस जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.