घरमा पसेको चितुवा नियन्त्रणमा लिइयो

घरमा पसेको चितुवा नियन्त्रणमा लिइयो

बागलुङ: बागलुङ बजारमा बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।

बुधबार बिहान बगलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो।

खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र डिभिजन वन कार्यालयको टोली चितुवा परेको घरमा पुग्दा कुनामा लुकेर बसेको अवस्थामा फेला पारेका थिए। डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले भने, 'आज बिहान साढे ९ बजे घरभित्र चितुवा पसेको देखेपछि रामु खड्काले प्रहरीमा खबर गर्नुभएको थियो। प्रहरीले हामीलाई खबर गरेपछि त्यहाँ पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको थियो।’

घरभित्र पसेपनि चितुवाले कसैलाई आक्रमण नगरेको उनले बताए। उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थानको खोजीमा घरमा पसेको अनुमान गरिएको उनले बताए। चितुवालाई डिभिजन वन कार्यालयसँग रहेको सामान्य काठको खोरमा राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताए। चितुवालाई जंगलमा छाडिने अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.