न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले अर्को महिना राजीनामा दिने

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले अर्को महिना राजीनामा दिने

वालिङ्टन :   न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले अर्को महिना प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।

उनले ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न केही बाँकी नरहेको बताइन्। त्यसैले अब आफू अर्को चुनाव नलड्ने पनि घोषणा गरिन्। 
 

जासिन्दा आर्डेनले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदैछ ।

यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । आर्डेनले केही दिनपछि आफ्नो भविष्यबारे सोच्ने बताएकी छन् ।

उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्। सो समयमा उनी विश्वको सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बन्ने महिला बनेकी थिइन्। 

आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौतीको सामना गरिन्।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.