ब्राजिलको राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त

ब्राजिलको राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त

ब्राजिल : ब्राजिलमा जनवरी ८ मा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई हटाइएको छ । 

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिकलाई मङ्गलबार हटाएको सिड्नी मर्निङ हेराल्ड (एसएमएच) ले जनाएको हो ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको गत अक्टोबरमा भएको निर्वाचनमा भएको पराजयलाई उल्टाउने प्रयासमा सरकारी भवनमा धावा बोल्ने हजारौँ व्यक्तिमध्ये ३९ जनालाई ब्राजिलका महान्यायाधिवक्ताले मुद्दा चलाएपछि उनको निर्णय सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको थियो ।

गत हप्ता लुलाले पत्रकारहरूसँग अति दक्षिणपन्थी पूर्व नेता बोल्सोनारोका समर्थकहरूको भीडलाई ब्रासिलियामा सत्ताको केन्द्रको रूपमा रहेको मुख्य भवनहरूमा आक्रमण गर्न सुरक्षा बलका सदस्यहरूको संलग्नता रहेको बताएका थिए।

एसएमएचका अनुसार राष्ट्रपतिको कार्यालयले उक्त निवासको सुरक्षामा खटिएका सैनिकको स्थान कसले लिने भन्ने विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रपति निवास भनिने अल्भोराडा दरबारको सुरक्षामा खटिएका अधिकांश सैनिक सेनाका हुन् भने केही नौसेना, वायु सेना र सैन्यीकृत प्रहरी बलका सदस्य पनि हुन् । 

घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी त्रुटि भएको देखाएको छ जसले गर्दा यो घटना भएको हो । बोल्सोनारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा धावा बोलेका थिए ।

'सैन्य प्रहरीबीच यसमा संलग्न धेरै व्यक्तिहरू थिए । यसमा सशस्त्र बलका धेरै व्यक्तिहरू संलग्न थिए,' लुलाले पत्रकासँग भने, 'म विश्वस्त छु कि महलको ढोका यी मानिसहरूलाई भित्र पस्न दिनका लागि खोलिएको थियो । उनीहरूले ढोका भाँचेको पुष्टि हुँदैन । ' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.