आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी : १५ जनाको मृत्यु

आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी : १५ जनाको मृत्यु

आर्मेनिया : आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्। आर्मेनियाको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार बिहान ९ बजे आगलागी हुँदा ती सैनिकको मृत्यु भएको हो। 

प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ। गत अगस्टमा राजधानी येरेभानको व्यस्त बजारमा विष्फोट र त्यसपछि भएको आगलागीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो। 

करिब ३० लाख जनसङ्ख्या भएको आर्मेनिया सन् २०२० मा अजरबैजानसँग भएको युद्धबाट नासिएका भौतिक संरचनालगायत पूर्वाधार पुनः निर्माणमा लागेको छ। युद्धमा  पराजय भोगेपछि राजनीतिक सङ्कट उत्पन्न हुँदा कठिन अवस्थाबाट आर्मेनिया गुज्रिरहेको छ। युद्ध अन्त्य भए पनि आर्मेनिया र अजरबैजानका सीमा क्षेत्रमा तनाव जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.