पर्यटकीय स्थलको बेहाल : कुरूप बन्दै सुर्खेत बुलबुल ताल

पर्यटकीय स्थलको बेहाल : कुरूप बन्दै सुर्खेत बुलबुल ताल

सुर्खेत : सुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो। 

बुलुबले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो। जिल्लाकै पहिचान र इतिहाससँग जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा परेको छ। क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो बनाउँदा बुलबुले ‘पानीविनाको ताल’ भएको छ। 

तालको भूभाग अहिले घाँसे मैदानमा परिणत भएको छ। विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भूवनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण बुलबुले ताल नै नरहने अवस्थामा पुगेको छ।
   

गत आर्थिक वर्षमा बुलबुले तालमा मेसिन डोजरको प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो। तालको विस्तारसँगै तालमा रहेको पानी जमिन मुनिबाट छिरेर बाहिर बग्यो। मेशिनले विस्तार गरिएको क्षेत्रमा पानी नरोकिने समस्या आयो। 

अहिले यो ताल दिनानुदिन कुरूप बन्दै गएको छ। १०-१५ वर्ष अगाडि बुलबुले ताल हेर्न आएको मानिस फेरि अहिले हेर्न गयो भने ताल कहाँ गयो भनेर खोज्ने अवस्थामा पुगेको छ। 

स्थानीय बसन्ती खनालले भनिन्, वीरेन्द्रनगर नगरपालिकाले ताल बनाउने नाममा तालकै विनास गरेको छ। झण्डै १५ वर्ष पहिले हामी सुर्खेत आउदा देखेको बुलबुले ताल कति सुन्दर थियो। अहिले कुरूप बनेको छ। यो देख्दा कति मन रुन्छ। ताल बनाउने नाममा नगरपालिकाले तालमा डोजर लगाएर घाँसे मैदान बनाइदियो। तत्काल यसको संरक्षणका लागि नसोचिए ताल नै हराउने अवस्थामा छ।'
 
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले तालमा पानी जम्मा नहुने समस्या आएपछि आफूहरू पनि यसप्रति निकै चिन्तित रहेको बताए। 

उनले भने, 'बुलबुले संरक्षणका लागि सुर्खेतस्थित जलाधार कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम गरेको छ। जमिनमुनी पानी छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरू अघि बढाइनेछ। यसै वर्ष ताललाई हेर्न लायक ताल बनाउने आफूहरूको योजना छ।'

उपत्यका नगर विकास समितिका सदस्य सचिवसमेत रहेका तिवारीले ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरू पनि भइरहेको बताए। भु तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमूख शिखर चपाईंले बुलबुले संरक्षणको कामका लागि आफ्नो कार्यालयबाट ५० लाख बजेट रहेको जानकारी दिए। 

उनले भने, 'नगर विकास समितिले तालको उत्थानका लागि गुरु योजना बनाएको छ। त्यसैअनुसार हामीले काम गरिरहेका छौँ। झार र माटोले बुलबुले ताल पुरिएको छ। त्यो झार र माटो पन्छाएर सफा गरेपछि ताल राम्रो हुन्छ। तालको सफा गर्नुपर्ने काम नगरपालिकाले गछौँ भनेकाले हामीले नगरेका हौँ। एक ठाँउमा पानी बाहिरिने भागमा बन्द गरेर भित्रै भाग सफा गरेपछि हेर्न योग्य ताल बन्छ। पहिले ११ हजार वर्गमिटर थियो। २८ हजार वर्गमिटर बनेको छ।'

तालको सरसफाई र तालबाट बाहिरीने पानी बन्द गरिसकेपछि चाँडै नै हेर्न लायक ताल बन्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.