मौलिक स्वरुपका घरहरूको संरक्षण गर्नुपर्छ : नारायणमान बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले परम्परागत र मौलिक स्वरुपका घरहरूको संरक्षण गर्नुपर्ने बताएका छन्।
२५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा बिहीबार दत्तात्रयमा आयोजना गरेको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेले परम्परागत र मौलिक स्वरुपका घरहरूको लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता घरहरूको संरक्षण गर्नुपर्ने बताएका हुन्।
उनले भवन निर्माणमा आधुनिक तथा नयाँ-नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घर लोप हुँदै गएको बताए।
उनले देखावटीका निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको धारणा राखे। उनले माटो जोडाइ, ढुङ्गा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको खाँचो औँल्याए।
बिजुक्छेले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताउँदै मौलिक कला र सीपयुक्त प्रविधिबाट निर्माण भएका संरचनाले ठूल्ठूला भूकम्पहरुमा कम क्षति भएको बताए।
'भवन निर्माणमा आधुनिक तथा नयाँ नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घरहरु लोप हुँदै गएको छ', उनले भने, 'देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत छ।