प्राकृतिक प्रकोपबाट अष्ट्रेलियाली अत्यधिक प्रभावित

प्राकृतिक प्रकोपबाट अष्ट्रेलियाली अत्यधिक प्रभावित

सन् २०१९ यता प्राकृतिक प्रकोपबाट अस्ट्रेलियाका अधिकांश नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।

जलवायु परिषद्ले बिहीबार प्रकाशित गरेको दुई हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ८० प्रतिशत अस्ट्रेलियालीले विगत तीन वर्षमा कम्तीमा पनि एउटा चरम मौसमी घटना भोगेको देखिएको छ ।

जलवायुजन्य प्रकोपबाट प्रभावितमध्ये ५१ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्यमा केही हदसम्म असर परेको बताएका छन् भने २१ प्रतिशतले घटनाको अनुभवले उनीहरूको मानसिक स्वास्थ्यमा ‘ठूलो वा मध्यम प्रभाव’ परेको बताएका छन् । 

एक तिहाइभन्दा बढीले आफूहरूलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध नभएको बताएका छन् । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका जलवायु वैज्ञानिक जोएल गेरगिसले उक्त प्रतिवेदनका लेखकले यो निष्कर्षलाई सामना गर्नुपर्ने बताएका छन्।

उनले भने, 'धेरै अस्ट्रेलियालीहरूले बदलिँदो जलवायुको वास्तविकतासँग सम्बन्धित सङ्कटको अत्यधिक प्रभावका साथ बाँचिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।' 

'यसले देशभरका हाम्रा स्थानीय समुदायहरूको स्थिरतालाई कमजोर पारिरहेका यो अदृश्य मानसिक स्वास्थ्य सङ्कटमाथि प्रकाश पारेको छ,' उनले एक विज्ञप्ति जारी गर्दै भने, 'हामीले जलवायु परिवर्तन अनुकूलनको बारेमा राष्ट्रिय कुराकानी गर्न आवश्यक छ र यी विपत्तिहरूबाट बाँचेका मानिसहरूका अनुभवहरू सुन्न आवश्यक छ ।' 

यो सर्वेक्षण एक प्रमुख मानसिक स्वास्थ्य समर्थन सङ्गठन ‘बियोन्ड ब्लू’को सहकार्यमा गरिएको थियो । अध्ययनमा सहरी क्षेत्रको तुलनामा ग्रामीण र क्षेत्रीय क्षेत्रका मानिसहरूमा बाढी र डढेलोको प्रभावको सम्भावना बढी थियो ।

'जलवायु परिवर्तनको मानसिक स्वास्थ्य प्रभावलाई स्वीकारेर, सम्बोधन गरेर, हामी बलियो र अधिक लचिलो समुदायहरू निर्माण गर्दै शाब्दिक र लाक्षणिक दुवै प्रकारका समस्याको सामना गर्न सक्षम छौँ,' बियोन्ड ब्लूका प्रमुख क्लिनिकल सल्लाहकार ग्रान्ट ब्लास्कीले भने। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.