साढे ८ प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

साढे ८ प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

मस्को : रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु भएयता युरोपेली सङ्घ र जी–७ मुलुकका कति कम्पनी रूसबाट हटेका छन् भन्नेबारे अध्ययन गरेका हुन्।

सेन्ट ग्यालेन युनिभर्सिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उनीहरूको अध्ययनको निष्कर्षले रुसबाट इयू र जी–७ फर्महरूको सीमित पश्चगमन भएको देखाएको छ र यसले पश्चिमा कम्पनीहरूको ठूलो पलायन भएको भन्ने दावीलाई चुनौती दिएको छ।'

वास्तवमा, यी देशहरूमा मुख्यालय भएका धेरै फर्महरूले युक्रेनमा आक्रमणपछि सरकार, सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको रूस छोड्नको लागि दबाबको प्रतिरोध गरेका छन्।

गत महिना ‘अनलाइन सोसल साइन्स रिसर्च नेटवर्क (एसएसआरएन)’ ले प्रकाशित गरेको उक्त अध्ययनले रूसी सहायक कम्पनीसँग आबद्ध इयू र जी–७ का १० प्रतिशतभन्दा कम कम्पनीले मात्र ती कम्पनीहरूलाई अलग गरेको देखाएको छ।

मस्कोले आक्रमण सुरु गर्दा युरोपेली सङ्घ र जी–७ मा रहेका एक हजार ४०४ कम्पनीले रूसमा सक्रिय रहेका दुई हजार ४०५ सहायक कम्पनीको गणना गरेको अध्ययनले देखाएको छ।

अध्ययनका लेखक निकोलो पिसानी र सिमोन एभेनेटका अनुसार नोभेम्बरको अन्त्यसम्ममा १२० वा तीमध्ये ८.५ प्रतिशत कम्पनीले मात्र रूसमा कम्तीमा एउटा सहायक कम्पनी खारेज गरेका देखिएको छ।

युरोप र जापानमा आधारित कम्पनीहरूको तुलनामा रूस छोड्ने कम्पनीमा संयुक्त राज्य अमेरिकामा मुख्यालय भएका कम्पनीहरूका शाखा रहेको पुष्टि गरिएको छ। 

तर संयुक्त राज्य अमेरिकाका पनि, रूसमा सञ्चालित १८ प्रतिशत भन्दा कम अमेरिकी सहायक कम्पनीहरू आक्रमण सुरु भएदेखि नै पूर्ण रूपमा बन्द भएका अध्ययनले देखाएको छ। 

यसको विपरीत, रूसबाट पलायन भएका कम्पनी वा फर्ममध्ये १५ प्रतिशत जापानी र ८.३ प्रतिशत ईयू फर्महरू रहेका छन्। 

रूसी सहायक कम्पनी छोड्नेमध्ये १९.५ प्रतिशत जर्मन र १२.४ प्रतिशत अमेरिकी स्वामित्वमा रहेको अध्ययनले देखाएको छ।

अनुसन्धानले युरोपेली सङ्घ र जी–७ फर्महरूको कर अघिको कुल मुनाफाको ६.५ प्रतिशत मात्र पश्चिमी फर्महरूले रूसमा सक्रिय व्यावसाय सञ्चालन गरेका थिए।

रूसमा यस्ता कम्पनीमा काम गर्ने कर्मचारीको कुल सङ्ख्याको १५.३ प्रतिशत हिस्सा उनीहरूकै रहेको छ।

'औसतमा, बाहिरिने फर्महरूको रूसमा रहेका फर्महरूको तुलनामा कम मुनाफा र ठूलो कार्यबल थियो,' अध्ययनले देखाएको छ। 

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यी निष्कर्षहरूले पश्चिमा कम्पनीहरूको अर्थव्यवस्थाबाट अलग हुने इच्छामाथि प्रश्न चिन्ह खडा गरेको छ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.