कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने
काठमाडौं: नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवार सिफारिस यादव कांग्रेसतर्फकी समानुपातिक सांसद हुन्।
नेपाली कांग्रेसको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
महोत्तरी निवासी यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। केन्द्रीय सदस्य चयन हुँदा उनले सर्वाधिक (३ हजार ९६०)मत ल्याएकी थिइन्।