विद्यार्थीलाई व्यावहारिक सीप प्रशिक्षण
दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-७ को ६ वटा विद्यालयका विद्यार्थीलाई व्यावहारिक सीप प्रशिक्षण सञ्चालन गरिएको छ।
प्रशिक्षणमा कक्षा सात देखि १० सम्मका दुई सय विद्यार्थीको सहभागिता रहेको छ। वडा नम्बर ७ को सहकार्यमा कोच नेपालले प्रशिक्षण सञ्चालन गरेको हो।
भीमेश्वर नगरपालिका वडा नम्बर ८ को तीन वटा विद्यालयका एक सय ५० जना विद्यार्थीको लागि समेत तालिम सञ्चालन गर्ने कोच नेपालका प्रमुख सिमोन खत्रीले बताए।
उनले प्रशिक्षणका क्रममा आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथामिक उपचारका विषयमा व्यवहारिक सीप सिकाइएको बताए।