सोलुमा ६५ जनाले लिए अंगीकृत नागरिकता
सोलुखुम्बु : सोलुखुम्बुमा पछिल्लो करिब दुई दशमा पाँच दर्जन बढी महिलाले अंगीकृत नागरिकता लिएका छन्।
२०५८ सालदेखि हालसम्म ६५ जनाले बैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
अंगीकृत नागरिकता लिनेमा ४९ जना भारतीय र १६ जना चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्ने बित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ।
नेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ।
२४ सय बढीलाई नेपाली नागरिकता
कार्यालयले यस वर्षको ९ महिनामा २ हजार ४०८ थान नेपाली नागरिकता वितरण गरेको छ। जसमा ४५० जनाले प्रतिलिपि लिएका सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन्।
यस अवधिमा जिल्लामा चार जना महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन्। उनीहरूले सम्बन्ध विच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको कार्यालयले जनाएको छ।