मगर समुदायको हुर्रा नाच

मगर समुदायको हुर्रा नाच

उदयपुर: नेपाल मगर संघ त्रियुगा नगर कमिटीले आयोजना गरेको माघ्यासकराटी तथा हुर्रा महोत्सव (माघे संक्रान्तिलाई मगर जातिले बोल्ने ठेट भाषा माध्यासकराटी)मा वक्ताको भाषणभन्दा सांगीतिक माहोल दर्शकका लागि निकै रुचि बन्यो। 

जब नृत्य र गायन आउँथ्यो छरिएर रहेका दर्शक स्टेज नजिक आउँथे र कलाकारसँगै झुम्ने, नाँच्ने, गीत गाउँदै रमाउइलो गरे। गीतसंगीत पछि वक्ताको भाषण आउनसाथ भीड तितरवितर देखिन्थ्यो। स्थानीय कलाकारले तताइरहेको माहोललाई राष्ट्रिय कलाकार शिव थापामगरले अझ तताए।
 

कार्यक्रम  सञ्चालक इश्वर वलम्पाकी मगरले शिवको नाम मात्र के लिएका थिए दर्शकको ताली र हुटिङ्गले थरुहट रंगशाला नै गुन्जियो। दर्शकको ताली र ‘वान्समोर'को अफरले गायक थापालाई अझ हौसायो। उनले कला, संस्कृति, रितिरिवाज, भेषभुषाको जगेर्णा गर्दै मगर भाषाका गीत सुनाएका थिए।
 
गायक शिवले प्रस्तुत गरेको हुर्रा नाँचको गीतमा स्टेजमा रहेका अतिथिले पनि आफ्नो मन थाम्न सकेनन्। जानी नजानी दर्शक सँगसँगै नाँचे। लामो समय पछिको सांगीतिक महोत्सव र अलग्गै पहिचान बोकेको मगर जातिको हुर्रा नाँचमा दर्शकको नजर दिनभर नै पर्‍यो ।

कार्यक्रममा मगर समुदायको मौलिक नाचहरु मारुनी, हुर्रा, झ्याउरे, कौडा प्रस्तुत गरिनुको साथै मगर समुदायको मौलीक खानाको परिकार, भेषभुषासमेत राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद नारायण बुर्जामगरले इतिहास बोकेको मगर समुदायको चाडपर्व, रीतिरिवाज, कलासंस्कृति जगेर्ना गर्न आफू प्रतिवद्ध रहेको बताए । 

प्रदेश सांसद गीता रेग्मीले नेपाल सबै जातजातिको साझा फूलबारी भएकाले सबैको संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताइन्। माघ्यासकाराटी (माघे संक्रान्ति) मगर विशेषको मात्र नभई राष्ट्रिय चाड भएकाले सरकारले सूचीकृत गर्नुपर्ने बताइन्।

त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले गुमेको पहिचान, हराएको इतिहास, पछाडि पारिएको संस्कृति संरक्षण गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन् । 

मगर संघका केन्द्रीय उपाध्यक्ष सीता मगरले देशकै तेश्रो जनसंख्या भएको मगर जातिको ऐतिहासिक पर्वमासमेत बिदा कटौती गरेर उपेक्षा गरेको बताइन् । माघ १ गतेदेखि एक हप्तासम्म सञ्चालन हुने माध्यासकराटी बुधबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.