गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

सुर्खेत : हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

२०७९ बैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए। 

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शाहीले हुम्लामा कांग्रेस मजबुत रहेको बताउँदै अझ पार्टीलाई सुदृढ गर्दै जानुपर्ने बताए। 

उनले कांग्रेस पार्टीमा शाहीको भूमिका महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा अझ सक्रिय भएर लाग्न आग्रह गरे।

कांग्रेस केन्द्रीय सदस्य शाहीले राम्रो काम गर्दा पार्टी कार्यकर्ता र जनताले मूल्यांकन गर्ने बताए। `जनतासँग नजिक भएकै कारण तपाईंले स्वतन्त्र उम्मेदवारी दिएर पनि विजयी हुनुभएको हो,´ उनले भने, `अब संगठन निर्माणमा पनि सोही अनुसार लाग्नुहोला।´

पार्टी प्रवेश गर्दै शाहीले नेपाली कांग्रेसलाई मजबुत बनाउन लागिपर्ने बताए। उनले पार्टीको विधि, विधान र अनुशासनमा रहेर काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.