हस्तलेखन प्रतियोगितामा सिन्चन र सुरभी प्रथम
भक्तपुर : भक्तपुरमा भएको नेपाली हस्तलेखन प्रतियोगितामा सिन्चन कोजु र सुरभी लाखा प्रथम भएका छन्।
कक्षा १ देखि ५ सम्मको समूहमा सिन्चना र कक्षा ६ देखि १० सम्मको समूहमा सुरभी प्रथम भएकी हुन्।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं स्थापनाका अवसरमा संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा भएको प्रतियोगिताका कक्षा १ देखि ५ सम्मको समूहमा इभा कोण्डा द्वितीय, एलिना जधारी तृतीय र सुमंग सुवाल सात्वना पुरस्कार प्राप्त गर्न सफल भए।
त्यस्तै कक्षा ६ देखि १० सम्मको समूहमा एल्वीस जधारी, स्मरण सुवाल र स्माइल्दा सुवाल क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए।
प्रतियोगितापछि भएको पुरस्कार वितरण कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखालेले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरूको उज्जल भविष्यमा सहयोग पुर्याउने बताए।