सांसदहरूलाई बारको सम्मान
दोलखा : नेपाल बार एशोसिएसन दोलखाले दोलखाबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरूलाई शनिबार सम्मान गरेको छ।
दोलखा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गंगाबहादुर कार्की र इश्वरी रिजाल तथा प्रदेश सांसदहरू भरतबहादुर केसी, कुन्दनराज काफ्ले, ठुला थामी र उर्मीला सुनुवारलाई काठमाडौंमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
त्यसैगरी दोलखा घर भएका वरिष्ठ अधिवक्ताहरू लक्ष्मीप्रसाद उप्रेती, मुक्तिनारायण प्रधान, टंकप्रसाद दुलाल, मेघराज पोखरेल, देवराज शर्मा र शुभद्रा उप्रेतीलाई सम्मान गरेको छ।
सो अवसरमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय दोलखा कानुन व्यवसायी समाज गठन गरिएको छ।