सुर्खेतमा हाइस दुर्घटना : ४ जनाको मृत्यु, एक गम्भीर

सुर्खेतमा हाइस दुर्घटना : ४ जनाको मृत्यु, एक गम्भीर

सुर्खेत : सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साढे दुई बजे दुर्घटना भएको हो।

दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षका सागर शाही, दैलेख डुंगेस्वर गाउँपालिका-५ का ३३ वर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका- ५ का ३१ वर्षका बबिन शाही र दैलेख गुराँश गाउँपालिका- ३ का राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ।। 

दुर्घटनापश्चात घाइतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएका थिए। दुर्घटनामा घाइते भएङ्का गाभैरबी गाउँपालिका- ५ का २६ वर्ष वीरेन्द्र शाहीको उपचार भइरहेको छ। उनको छातिमा चोट लागेकोले बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।  गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.