देउखुरी क्षेत्रको जग्गा फुकुवा कहिले ?

देउखुरी क्षेत्रको जग्गा फुकुवा कहिले ?

बुटवल : कोरियाबाट फर्किएका झिमरुक गाउँपालिका–१ प्युठानका विजय जिसीले बुटवलको दबीनगरमा सुपर मार्केट सञ्चालन गरे। स्वदेशमै केही गरौँ भन्ने आशाले व्यवसाय सुरु गरे तर सुपर मार्केट सञ्चालन गरे लगत्तै कोरोनाको महामारी भयो। व्यवसायले सोचेजस्तो प्रतिफल दिन सकेन्। बैंकको व्याज बुझाउन पनि हम्मेहम्मे भयो। अन्ततः सुपर मार्केट बन्द गरे।

जिसी यत्तिकै खाली समय बस्न सकेनन्। फेरि केही महिनापछि बैंकबाट ऋण लिएर बेल्वासमा फर्निचर उद्योग सञ्चालन गरे। कोरोनाकै समयमा थियो। जिसीलाई फर्निचर उद्योगबाट पनि अपेक्षाकृत सफलता मिलेन। त्यो पनि बन्द गरे।

सुपर मार्केट र फर्निचर उद्योग चलाउँदा उनलाई बैंकको ब्याज तिर्न हम्मेहम्मे हुन थाल्यो। बैंकको ऋण चुक्ता गर्न र पहिलेकै अवस्थामा फर्किन उनीसँग एउटा माध्यम उपाय थियो, आफूले कोरियामा मजदुरी गरी कमाएर लिएको पैसाले दाङको देउखुरीमा किनेको जग्गा बिक्री गर्ने तर जिसीले दुई वर्षदेखि राप्ती उपत्यका देउखुरीमा आफ्नो नाममा भएको जग्गा किनेबेच गर्न पाएका छैनन्।

०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी उनै जिसीको जग्गा भएको क्षेत्रतिर संसद्को दुईतिहाइ बहुमतले तोक्ने निर्णय ग¥यो। राजधानीको जग्गा व्यवस्थापन बन्दै राजधानी तोकिएलगत्तै यस क्षेत्रमा जग्गा किनबेच गर्न नपाउने गरी प्रदेश सरकारले निर्णय ग¥यो। ‘राजधानीले नागरिकहरूलाई सहजता होलाभन्दा झनै समस्या निम्तायो’, ३४ वर्षीय जिसीले भने, ‘यसरी वर्षौंसम्म व्यक्तिको जग्गा रोकिएर सरकारले प्रदेशको समृद्धिको सपना कसरी पूरा गर्न सक्छ ?’ जग्गा किन्नका लागि थुप्रै आफन्त, इष्टमित्र र साथीसंगीहरूले आफूलाई सम्पर्क गरे पनि प्रदेश सरकारको नागरिक हितविपरीतको निर्णयले समस्या भइरहेको उनले दुःखेसो पोखे। जिसी जस्तै धेरै जनाले आफूले चाहेको जग्गा किनबेच गरेर समस्या सुल्झाउन पाएका छैनन्।

उनीहरू दैनानदिन पीडामा छटपटिएका छन्। राप्ती गाउँपालिकाको पूरै क्षेत्र (वडा नम्बर १ देखि ९) र गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने जग्गा २७ महिनादेखि जग्गाधनीले किनबेचन गर्न पाएका छैनन्।

जग्गा फुकुवा आज होला, भोलि होला भन्ने आशा आशामै नागरिकको दिन गुज्रिरहेको छ। छोराछोरीको बिहे, जटिल स्वास्थ्य समस्या भएका नागरिकहरूले उपचार गर्न, सन्तानलाई राम्रो विद्यालयमा पढाउन र बस्ने घर बनाउन नपाएको लगायतका समस्या यस क्षेत्रका नागरिकहरूले सुनाउँदै आएका छन्।

बैंकमा करोडौं ऋण भएका नागरिकहरूलाई जग्गा रोक्का हुँदा मानसिक पीडामा पर्न थालेको राप्ती गाउँपालिका वडा नम्वर १ का निवर्तमान वडाध्यक्ष एवं राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीले सुनाए। ‘तत्काल जग्गा रोक्का फुकुवा नभए आन्दोलनमा जान्छौं’, डिसीले भने, ‘बैंकिङ कारोबार हुन नपाउँदा व्यवहार मिलाउन पाइएको छैन्। ऋण तिर्न ऋण खोज्नुपर्ने बाध्यता प्रदेश सरकारले कहिलेसम्म गराउने हो ?’

आफ्नो नाममा भएको सम्पत्ति धितोमा राख्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले बञ्चित गर्न नहुने उनको सुझाव छ। ‘प्रदेशको गुरुयोजना बनेपछि जग्गा फुकुवा हुन्छ भनियो’, डिसीले भने, ‘दुई वर्ष बढी समय भइसक्यो तर कहिले के कहिले के भन्दै जनतालाई झुक्काइएको छ।’ उनले नागरिक तहबाटै आन्दोलन गर्न सरकारले बाध्य नबनाउन समेत सुझाव दिए। मुटु र मृर्गौलाका बिरामी, छोराछोरीको विवाह र छोराछोरीलाई विदेश पढ्न पठाउने अभिभावकहरू धेरै समस्यामा परेको धेरै समस्या आफूले देखेको उनले सुनाए।

जग्गा फुकुवाको विषयमा दिनहुँ नागरिकहरूले सोध्ने गरेको मालपोत कार्यालय लमहीका मालपोत अधिकृत मानबहादुर कुँवरले प्रतिक्रिया दिए। ‘मन्त्रिपरिषद्को निर्णयले रोकेको जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट मात्र फुकुवा हुने हो’, कुँवरले भने, ‘अहिलेसम्म प्रदेश सरकारबाट निर्णय भएको कार्यालयलाई जानकारी छैन्।’
तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को कार्यकालमा स्थायी राजधानी क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको हो। अहिले लीला गिरी प्रदेश सरकारको मुख्यमन्त्री छन्। मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। नयाँ बस्ने मन्त्रिपरिषद्को बैठकले रोक्का भएको जग्गा फुकुवा गर्ने खबर सुने पनि यस क्षेत्रका नागरिकहरू त्यति विश्वस्त देखिँदैनन्।

प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण गर्न जग्गा एकीकरणको प्रक्रिया तीव्ररूपमा अघि बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) इन्जिनियर छविराज पोखरेलले जानकारी दिए। ‘वडास्तरमा समिति गठन गरेर उपभोक्ता समिति निर्माण हुँदैछन्’, पोखरेलले भने, ‘माघको २० गतेसम्म फिल्डको काम सकिन्छ। असारसम्म डीपीआर बन्छ र अर्को आर्थिक वर्षदेखि प्राथमिकतामा आधारमा भवन निर्माण सुरु हुन्छ।’ 

पोखरेलले सात सय बिगाह क्षेत्रफल जग्गा एकीकरणको प्रक्रियामा रहेको जानकारी गराए। जग्गा एकीकरणका लागि प्राधिकरण मातहत छुट्टै आयोजना कार्यालयसमेत स्थापना गरिएको छ। रोक्का भएको जग्गा फुकुवाका लागि अघिल्लो सरकारलाई नै विज्ञको झावसहितको प्रतिवेदन पेस गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.