बाइडेनको घरबाट गोप्य कागजात बरामद

बाइडेनको घरबाट गोप्य कागजात बरामद

वासिङटन डिसी : अमेरिकामा, न्याय मन्त्रालयका अन्वेषकहरूले डेलावेयरमा रहेको राष्ट्रपति जो बाइडेनको घरबाट थप छवटा गोप्य कागजात फेला पारेका छन्। उक्त जानकारी अमेरिकी राष्ट्रपति बाइडेनका वकिलले दिएका हुन् ।

यही शुक्रबार विल्मिङटन स्थित बाइडेनको घरबाट पनि यस्तै केही कागजातहरू फेला परेका थिए । यी कागजातहरू बाइडेन  उपराष्ट्रपति र सिनेटर हुँदाका हुन्।

वकिल बब बोवरले भने, 'बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका सामग्रीहरू पनि जफत गरिएको छ।'

यो अनुसन्धान करिब १३ घण्टासम्म चलेको थियो । यो अनुसन्धान चलिरहेको बेला राष्ट्रपति बाइडेन र उनकी श्रीमती घरमा थिएनन्।

वकिल बबले भने, 'राष्ट्रपतिले न्याय विभागलाई आफ्नो घरमा उपराष्ट्रपति रहँदाको समयको सम्बन्धित कागजातहरू र गोपनीय कागजात खोज्न अनुमति दिनुभएको छ।'

पेन बाइडेन केन्द्रबाट नोभेम्बर २ मा यस्ता गोप्य कागजात प्राप्त भएको यस महिनाको सुरुमा बाइडेनका वकिलले बताएका थिए।

यो थिंक ट्याङ्क केन्द्र राष्ट्रपति बाइडेनले वाशिंगटनमा स्थापित गरेका थिए। २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू प्राप्त भएका थिए।

राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ ।

विशेष काउन्सिल रोबर्ट हेरलाई यस अनुसन्धानको जिम्मेवारी सम्हाल्न नियुक्त गरिएको छ ।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.