प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कांग्रेसको गल्ती हो : शेखर कोइराला

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कांग्रेसको गल्ती हो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् । आइतबार बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा कोइराले पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफूहरुले मत दिनुहुन्न भनेपनि बहुमतले पारित भएको बताएका हुन्। 

कोइरालाको भनाई उद्दृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘हामीले कार्यसम्पादन समितिको बैठकमा प्रचण्डलाई विश्वासको मत दिनुहुन्न। कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्यो तर बहुमतले निर्णय गरेपछि बाध्य भएर विश्वासको मत दिनुपर्‍यो।’

कोइरालाले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएपनि अब त्यो पद कांग्रेसबाट फुत्किएको बताए। उनले भने,‘प्रचण्ड कांग्रेसप्रति  सकरात्मक रहेपनि सत्ता साझेदार दलहरु कांग्रेसप्रति सकरात्मक छैनन्। तसर्थ राष्ट्रपति कांग्रेसलाई दिने विषय अब प्रचण्डको हातमा छैन। हामीले प्रचण्डलाई विश्वासको मत दिएको कुनै अर्थ रहेन।’

कोइरालाले अब प्रचण्डलाई विश्वासको मत दिएको विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गरिने बताए। १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको। बैठकमा सहभागीहरुले सामूहिक धारणा बनाएर अगाडि बढ्न सुझाव दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.