झापामा वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव

झापामा वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव

झापा : झापाको शिवसताक्षीमा वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव हुने भएको छ।

शिवसताक्षी नगरपालिका-८ स्थित किलकिलेमा सञ्चालनमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा पाँच दिने संस्कृति उत्थान महोत्सव हुन लागेको हो।

सो रिसोर्टले आदिवासी जनजाति समुदायको संस्कृति, कला, भेषभूषको प्रवर्द्धन गर्ने उद्देश्यले फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी रिसोर्टका सञ्चालक राजकुमार सङ्ग्रौलाले जानकारी दिए। 

विश्वव्यापीकरण तथा पाश्चात्य संस्कृतिको प्रभावले मासिँदै गएको मौलिक संस्कृतिलाई जर्गेना गर्ने तथा भावी पुस्तालाई यसबारे सुशिक्षित गराउन महोत्सव गर्न गर्न लागिएको सञ्चालक सङ्ग्रौलाले बताए। 
हाम्रा सांस्कृतिक, मूल्य–मान्यतालाई जीवन्त बनाउने उद्देश्य नै महोत्सवको लक्ष्य रहेको उनको भनाई छ।  

महोत्सवका माध्यमबाट विभिन्न जातीय खानाका परिकार, भेषभुषा, रहनसहनलाई प्रवर्द्धनमा टेवा पुग्ने रिसोर्टका निर्देशक मेनुका सङ्ग्रौलाले बताइन्। 

वाटर किंगडम संस्कृति उत्थान महोत्सवमा विशेष आकर्षणका रुपमा अन्तिम दिन नेपालको सर्वाधिक चर्चित साङ्गीतिक समू १९७४ एडीको साङ्गीतिक प्रस्तुत रहने उनले बताइन्। 

महोत्सव अवधिभर अलग–अलग जातजातिका मौलिक परिकारहरूको फुड स्टल रहनेछ। यस क्षेत्रमा छरिएर रहेका आदिवासी, जनजातिहरूको मौलिक परिकारहरूको स्वाद लिन सकिनेछ। 

परम्परागत सामग्री, भेसभुसा, कलाकौशल, पुरातात्त्विक महत्त्वका वस्तु, भाषा तथा लिपी, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रदर्शनी महोत्सव अवधिभर रहनेछ भने प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरू हुनेछ।

प्रत्येक साँझ चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरूका साथमा साङ्गीतिक कार्यक्रम हुनेछ। महोत्सवमा झापासहित पूर्वका विभिन्न जिल्लाबाट करिब एक लाख मानिसले अवलोकन गर्ने अनुमान छ। 

जिल्लाभरिका निजी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई महोत्सवमा सहभागी गराउने रिसोर्टका समीर सङ्ग्रौलाले बताए। 

पर्यटन वर्ष २०२० लाई लक्षित गरी करिब रु ५७ करोड रुपैयाँको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएको हो। हाल वाटर किंगडम पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.