केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

एजेन्सी: केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्युभएको छ। 

शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ। 

मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए। 

दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस जना पर्यटकको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये केहीलाई परीक्षणपछि फर्काइएको छ। अस्पतालमा रहेका सबैको अवस्था स्थिर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.